काठमाडौं– १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना शिक्षक पक्राउ परेका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी बस्ने ५८ वर्षीय शम्भु प्रसाद घिमिरेलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
शम्भुले ती बालिकालाई गत जेठ ५ गतेदेखि पटकपटक जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी चिसापानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप