काठमाडौं – सेयर बजार आज दोहोरो अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १६ दशमलव २९ अङ्कले बढेर २ हजार ५३ दशमलव ३८ विन्दुमा पुगेको छ ।
आज फाइनान्स र उत्पादन बाहेक सबै समूहको सेयर बढेकोमा विकास बैंक, बीमा, होटल समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज हिमालयन ऊर्जा विकास कम्पनीको सेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन नेपाल फाइनान्स कम्पनीको सेयर भने १० प्रतिशतले घटेको छ ।
बजार बढे पनि कारोबार रकम भने घटेको छ । हिजो साढे ३ अर्बभन्दा धेरैको कारोबार भएकोमा आज ३ सय २३ वटा कम्पनीका ७१ लाख ६५ हजार कित्ता सेयर २ अर्ब ९९ करोड रुपैयाँमा किनबेच भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।