रोल्पामा जीप दुर्घटना हुँदा एक नाबालकसहित ७ जनाको मृत्यु

  • २०८१ अषाढ १८, मंगलबार (१० महिना अघि)
  • २७५ पटक पढिएको
रोल्पामा जीप दुर्घटना हुँदा एक नाबालकसहित ७ जनाको मृत्यु

काठमाडौं– रोल्पा तालाबाङमा जीप दुर्घटना हुँदा एक नाबालकसहित सात जनाको मृत्यु भएको छ । माडी गाउँपालिका–४ घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप हिजो बेलुका परेवा छहरामा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

Advertisement

ज्यान गुमाउनेमा माडी गाउँपालिका–३ तालावाङका जुनमाया खड्का र खडकबहादुर डाँगी, दाबाङकी अमृता घर्ती, अमृताकी १८ महिनाको छोरी, परिवर्तन गाउँपालिका– २ राङ्सीकी रामकली पुनको घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

यस्तै रेउघा अस्पतालमा उपचारका लागि लगिएका माडी गाउँपालिका–३ दाबाङका झुपलाल डाँगी र र एक महिलाको ज्यान गएको हो ।

दुर्घटनामा घाइते भएका १० जनालाई घर्तीगाउँ स्मृति अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि रेउघा जिल्ला अस्पतालमा रिफर गरिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट