बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेपछि सेयर बजारमा ‘सर्किट ब्रेक’

  • २०८१ अषाढ १८, मंगलबार (९ महिना अघि)
  • २५२ पटक पढिएको
बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेपछि सेयर बजारमा ‘सर्किट ब्रेक’

काठमाडौं– सेयर बजारमा सकारात्मक ’सर्किट ब्रेक’ लागेको छ । आज बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो । सर्किट ब्रेक लागेसँगै अहिले कारोबार रोकिएको छ ।

Advertisement

सत्ता समीकरण परिवर्तन हुने भएसँगै त्यसको प्रभाव सेयर बजारमा देखिएको हो । सेयर बजार १ मिनेटमै ८२ अङ्कभन्दा धेरैले बढेर २ हजर १ सय ३५ विन्दुमा पुगेर रोकिएको छ ।

अहिले कार्यान्वयनमा रहेको ’सर्किट ब्रेक’ सम्बन्धी व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ ।

त्यस्तै दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार बन्द हुने व्यवस्था छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट