काठमाडौं– पोखरीमा डुबेर सिरहामा दुई बालकको मृत्यु भएको छ । जिल्लकाको नरहा गाउँपालिका– ३ खोरियाटोलका शुशील मण्डलको छोरा ६ वर्षीय राहुल मण्डल र सुशीलकै भान्जा करिब ८ वर्षीय आशिष मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार करिब ११ बजेदेखि हराइरहेका दुवै बालक आज बिहान स्थानीय वसन्त यादवको पोखरीमा मृतावस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाखुले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप