काठमाडौं– सेयर बजार आज दोहोरो अङ्कले बढेको छ । आज सेयर बजार परिसूचक नेप्से ४७ दशमलव ०४ अङ्कले बढेर २१ सय दशमलव ४३ विन्दुमा पुगेको छ । सत्ता समीकरण परिवर्तन हुने भएसँगै त्यसको प्रभाव सेयर बजारमा देखिएको हो ।
आज सबै समूहको सेयर बढेकोमा बीमा, उत्पादन, व्यापार, विकास बैंक, माइक्रोफाइनान्स, होटल, फाइनान्स समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज कारोबार रकम पनि बढेको छ । हिजो झन्डै ३ अर्बको कारोबार भएकोमा आज ३ सय १५ वटा कम्पनीका १ करोड १६ लाख कित्ता सेयर ४ अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप