रास्वपाको महामन्त्री मुखमा कालो टेप टाँसेर बैठकमा सहभागी

  • २०८१ अषाढ १९, बुधबार (३ महिना अघि)
  • ९२ पटक पढिएको
रास्वपाको महामन्त्री मुखमा कालो टेप टाँसेर बैठकमा सहभागी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रशारण नगरिएको भन्दै मुखमा कालो टेप टाँसेर विरोध जनाएका छन् ।

Advertisement

आज बिहान पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको बैठकको प्रत्यक्ष प्रशारण गर्न माग गरेका महामन्त्री ढकालको प्रस्तावलाई पार्टी सभापति रवि लामिछानेले अस्वीकृत गरेपछि विरोध जनाएका हुन् । उनले मुखमा कालो टेप टाँसेर साङ्केतिक विरोध जनाएका छन् ।

बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल जारी छ । साथै बैठकमा महामन्त्री ढकालले सभापति लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट