भारतमा बाबाको खुट्टाको धुलो लिन भक्तजनबीच भागदौड मच्चिदा १ सय २२ जनाको मृत्यु

  • २०८१ अषाढ १९, बुधबार (३ महिना अघि)
  • १०७ पटक पढिएको
भारतमा बाबाको खुट्टाको धुलो लिन भक्तजनबीच भागदौड मच्चिदा  १ सय २२ जनाको मृत्यु

एजेन्सी– भारतको उत्तर प्रदेश हाथरसमा भएको भागदौडमा ज्यान गुमाउनेको सङ्ख्या १ सय २२ जना पुगेको छ । ज्यान गुमाउनेमा धेरै महिला र बालबालिका रहेका छन् ।

Advertisement

हिन्दुहरुको सत्संग कार्यक्रममा हिजो भएको भागदौडमा अझै धेरै मानिस बेपत्ता छन् । घाइतेको भने उपचार भइरहेको छ ।

प्रत्यक्षदर्शी तथा भक्तजनका अनुसार सत्संग सकिएपछि त्यहाँ गएका भक्तजनबीच कथा वाचन गर्ने बाबाको खुट्टाको धुलो लिन प्रतिस्पर्धा हुँदा भागदौड भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट