सेयर बजारमा सामान्य वृद्धि

  • २०८१ अषाढ १९, बुधबार (३ महिना अघि)
  • १०१ पटक पढिएको
सेयर बजारमा सामान्य वृद्धि

काठमाडौं– सेयर बजार आज सामान्य बढेको छ । दिनभर उतारचढावका बीच सेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ७९ अङ्कले बढेर २ हजार १ सय ४ दशमलव २२ विन्दुमा पुगेको छ ।

Advertisement

आज होटल, हाइड्रोपावर, बीमा, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको सेयर बढेकोमा लगानी, विकास बैंक, फाइनान्स समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज सेन्ट्रल फाइनान्स र आईसीएफसी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन चिर्खुवा हाइड्रोपावर कम्पनीको सेयर भने झन्डै ५ प्रतिशतले घटेको छ ।

आज ३ सय १४ वटा कम्पनीका १ करोड ७१ लाख कित्ता सेयर ५ अर्ब ८ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै मन्जुश्री फाइनान्स कम्पनीको २३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट