धादिङको बीचबजारमा पार्किङ गरिराखेको कारभित्र शंकास्पद सामान फेला

  • २०८१ अषाढ १९, बुधबार (३ महिना अघि)
  • ३६९ पटक पढिएको
धादिङको बीचबजारमा पार्किङ गरिराखेको कारभित्र शंकास्पद सामान फेला

काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका–३ बीचबजारमा पार्किङ गरिराखेको कारभित्र अज्ञात व्यक्तिले  राखेको  शंकास्पद वस्तु फेला परेको छ ।  सदरमुकामको बीचबजारमा रहेको त्रिपुरा पुस्तक पसलका सञ्चालक नारायण कुमार श्रेष्ठको बा १६ च ९१७२ नंको गाडीमा उक्त सामान फेला परेको हो ।

Advertisement

आज दिउँसो ३ बजेतिर अन्जान व्यक्तिले चाबी लगाएको सुटकेश कारभित्र राखेर गएको प्रत्यक्षदर्शी हरी श्रेष्ठले बताएका छन् ।

सिसिटिभि फुटेजका अनुसार धेरैबेर कार वरपर ओहोरदोहोर गरेर सुटकेश कारमा हालेको देखिएको धादिङका डिएसपी मकेन्द्र कुमार मिश्रले बताए । उनका अनुसार डिस्पोजल टोली घटनास्थलमा पुगेको छ र घटनाबारे अनुसन्धान भइरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट