थोत्रा कपडा रहेको शंकास्पद सुटकेशका कारण धादिङबेशी बजार पाँच घण्टा शिल

  • २०८१ अषाढ १९, बुधबार (३ महिना अघि)
  • ३०९ पटक पढिएको
थोत्रा कपडा रहेको शंकास्पद सुटकेशका कारण धादिङबेशी बजार पाँच घण्टा शिल

काठमाडौं- धादिङको सदरमुकाम धादिङबेशी बिचबजारमा पार्किङ गरिराखेको कार भित्र फेलापरेको शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलिले डिस्पोज गरेको छ । करिव ५ घन्टा पछि नेपाली सेनाको विज्ञ टोलीले सुटकेस खोलेर हेर्दा थोत्रा कपडा, सुर्ती, चिजबलका पोकाहरु भेटिएको हो ।

Advertisement

धादिङको नीलकण्ठ नगरपालिका–३ बीचबजारमा पार्किङ गरिराखेको बा १६ च ९१७२ नम्बरको त्रिपुरा पुस्तक पसलका सञ्चालक नारायण कुमार श्रेष्ठको गाडिमा अपरिचित ब्यक्तिले शंकास्पद बस्तु राखिदिएका हुन् ।

अज्ञात व्यक्तीले कारभित्र सुटकेश राखेर हिडेपछि दिउँसो करिव ३ वजेदेखि ५ घण्टा सदरमुकामबासीमा त्रास फैलिएको थियो । शंकास्पद बस्तु फेलापरेपछि धादिङबेशीको वीचबजारचोकको कार पार्किङ गरिएको आसपास क्षेत्र शिल गरिएको थियो ।

कारमा शंकास्पद बस्तु राख्ने एक जनालाई सिसिटिभि फुटेजका आधारमा प्रहरीले मलेखु नजिकै फुर्खेखोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले बताए । ‘पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ का ३० वर्षिय सुनिल तिमल्सिना हुन् । उनले छिन छिनमै फरक फरक कुरा गरेका कारण किन त्यस्तो गरेको खुल्न सकेको छैन । थप अनुसन्धान भैरहेको छ’ उनले भने ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट