कोपा अमेरिका: इक्वडेरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनल प्रवेश

  • २०८१ अषाढ २१, शुक्रबार (३ महिना अघि)
  • १२५ पटक पढिएको
कोपा अमेरिका: इक्वडेरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनल प्रवेश

काठमाडौं- विश्व च्याम्पियन अर्जेन्टिना शुक्रबार कोपा अमेरिका २०२४ को सेमिफाइनल पुगेको छ । क्वार्टरफाइनलमा इक्वेडरलाई टाइब्रेकरमा ४–२ ले पछि पार्दै अर्जेन्टिनाले सेमिफाइनलको स्थान सुरक्षित गरेको हो ।

Advertisement

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रहेपछि खेल पेनाल्टी सुटआउटमा प्रवेश गरेको हो । अर्जेन्टिनाका गाले रक्षक एमिलिआनो मार्टिनेजले इक्वडेरसँगको खेलमा उत्कृष्ठ बचाउ गर्न सफल बने । उनले दुइ पेनाल्टी बचाउन गरे ।

पेनाल्टीमा लियोनल मेसीले हानेको बल पोलमा ठोक्किएर बाहिरियो । प्रतियोगितामा अर्जेन्टिनाको यो लगातार चौथो जित पनि हो । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाका लागि लउटारो मार्टिनेजले ३५औं मिनेटमा गोलको खाता खोले । उच्च लयमा रहेका मार्टिनेजको यो प्रतियोगितामा चौथो व्यक्तिगत गोल हो । एलेक्स म्याक एलिस्टरको पासमा उनले हेडबाट यो गोल गरे । अर्जेन्टिनाका लागि निकोलस ओटमेन्डीले निर्णायक गोल गरे ।

दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा केभिन रोड्रिग्वेले बराबरी गोल फर्काए । यस प्रतियोगितामा अर्जेन्टिनाले खाएको यो पहिलो गोल हो । यसअघि इक्वेडरले खेलको ६२ औं मिनेटमा पेनाल्टीको अवर पाएको थियो । रोडरिगो डेल पउलले बल ह्यान्ड गरेपछि यो मौका मिलेको हो । तर इनर भ्यालेन्सिया त्यसलाई गोलमा परिणत गर्न चुके र त्यो प्रहार पोलमा लागेर फर्केको थियो ।

शनिबार भेनेजुएला र क्यानाडाबीच दोस्रो क्वाटरफाइनल हुनेछ । यसको विजेतासँग नै अर्जेन्टिनाले अन्तिम चारमा खेल्नेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट