सिन्धुपाल्चोकको झिर्पु हाइड्रोपावरको ढलान भासिँदा दुई जना मजदुर बेपत्ता

  • २०८१ अषाढ २१, शुक्रबार (३ महिना अघि)
  • १०० पटक पढिएको
सिन्धुपाल्चोकको झिर्पु हाइड्रोपावरको ढलान भासिँदा दुई जना मजदुर बेपत्ता

काठमाडौं– सिन्धुपाल्चोकमा रहेको झिर्पु हाइड्रोपावरको ड्यामसाइड सुरूङ ढलान भासिँदा दुई जना मजदुर बेपत्ता भएका छन् ।

Advertisement

आज दिउँसो करिब २ बजे भोटेकोशी गाउँपालिका–४ स्थित सुरूङ ढलान गर्ने क्रममा भासिएको थियो । त्यहाँबाट ९ जना मजदुरको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

घाइते भएका उनीहरूको उपचारका लागि बाह्रबिसे नगरपालिका–४ स्थित किस्टोन अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी निरन्जन भट्टराईले जानकारी दिए ।

बेपत्ता उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ बस्ने ३० वर्षीय रामदिन थारु र सुमन थारू बेपत्ता छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट