आज धेरै ठाउँमा दिनभर झरी पर्ने, नदी र खोला किनारमा उच्च सावधानी अपनाउन आग्रह

  • २०८१ अषाढ २२, शनिबार (३ महिना अघि)
  • ९२ पटक पढिएको
आज धेरै ठाउँमा दिनभर झरी पर्ने, नदी र खोला किनारमा उच्च सावधानी अपनाउन आग्रह

काठमाडौं– काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । आज दिनभर झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Advertisement

आज दिउँसो पनि सबै प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना छ ।

आज राति पनि कोशी र मधेस प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । रातिदेखि नै पानी परिरहेका ठाउँका नदी र खोलामा बाढी आएको छ ।

काठमाडौं उपत्यका भएर बहने बागमती नदीसहित नारायणी, पश्चिम राप्ती, कालीगण्डकी र कोशी नदीमा पानीको सतह खतराको तह नजिक पुगेको छ । पानी परिरहेका ठाउँका नदी खोला किनारमा बस्नेलाई उच्च सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले भोलिसम्म देशका विभिन्न ठाउँमा बाढीको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट