|file photo
काठमाडौं– गुल्मीमा पहिरोमा पुरिएकी एक महिलाको जीवितै उद्दार गरिएको छ ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका– ३ ठाटीपौवाकी ४५ वर्षीया तमाटालाई पहिरोले पुरेको अवस्थामा जीवितै उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।
ढुङ्गा माटोले बनेको १ तले टिनले छाएको तमाटाको घर माथिबाट खसेको ढुङ्गा, माटो सहितको पहिरोले पुरेको थियो । उनलाई स्थानीय र प्रहरीले पहिरोबाट जिवितै उद्दार गरेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप