काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । बिहान साढे ९ संसदीय दलको बैठक बोलाइएको रास्वपाकी सचेतक निशा डाँगीले जानकारी दिइन् ।
संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को बाँकी कामकारबाही र विविध विषयमा छलफल हुने सचेतक डाँगीको भनाइ छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप