देशभर ३८ प्रतिशत रोपाइँ सम्पन्न

  • २०८१ अषाढ २४, सोमबार (४ महिना अघि)
  • १०३ पटक पढिएको
देशभर ३८ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौं– देशभर १३ लाख ९८ हजारमध्ये ५ लाख ३९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ ।

Advertisement

यसवर्ष देशभर १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ । सोमध्ये ५ लाख ३९ हजार ७६६ हेक्टर (३८.६ प्रतिशत) रोपाई सम्पन्न भएको कृषि विभागले जनाएको छ ।

असार २३ गतेको तथ्यांकअनुसार सुदूरपश्चिममा १ लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएकोमा ९४ हजार ६९९ (५४.२ प्रतिशत) रोपाइँ सम्पन्न भएको छ ।

यस्तै, सबैभन्दा कम मधेश प्रदेशमा धान रोपाई भएको विभागको तथ्यांकमा उल्लेख छ । मधेसमा ३ लाख ८३ हजार १५० हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएपनि हालसम्म जम्मा २५.५ प्रतिशत रोपाइँ भएको छ ।

यस्तै, कोशी प्रदेशमा हालसम्म ९५ हजार १७० हेक्टर (३४.४ प्रतिशत) क्षेत्रफलमा, बागमती प्रदेशमा हालसम्म ४६ हजार ४४ हेक्टर (४०.२) मा रोपाइँ भएको छ ।

यसैगरी गण्डकी प्रदेशमा ४७ हजार ७३३ हेक्टर (४९.७ प्रतिशत) क्षेत्रफल, लुम्बिनी प्रदेशमा १ लाख ३८ हजार ३६४ हेक्टर (४४.४ प्रतिशत ) क्षेत्रफलमा रोपाइँ भएको छ ।

यस्तै, कर्णाली प्रदेशमा १९ हजार ९०४ हेक्टर (४७.५ प्रतिशत ) क्षेत्रफलमा धान रोपाइँ भएको विभागको तथ्यांक छ ।

गत वर्ष असार २४ सम्ममा देशभर ४२ प्रतिशत रोपाइँ भएको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    खोजी गर्नुहोस

    ताजा अपडेट