काठमाडौं– दाङमा च्याउ खोज्न गएका तीन जना महिला बाघको आक्रमणबाट घाइते भएका छन् ।
तुलसीपुर उपमहानगरपालिकामा रहेको नवदुर्गा सामुदायिक वनमा च्याउ खोज्न गएका तुलसीपुर–९ बेलुवाकी ४५ वर्षीया कमला केसी, ५२ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
बाघको आक्रमणबाट घाइते भएका तीनै जनाको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । आक्रमण गर्ने बाघ जङ्गलतर्फ भागेको प्रहरीले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप