काठमाडौं– कैलालीमा अचेत अवस्थामा भेटिएका २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–५ बस्ने ५१ वर्षीय सागर विक र अर्का एकजनाको भने परिचय नखुलेको प्रहरीले जनाएको छ ।
दुवैजना मंगलबार लम्कीचुहा नगरपालिकाका छुट्टाछुट्टै स्थानमा अचेत अवस्थामा भेटिएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीका अनुसार विकलाई स्थानीय सडकखण्ड र परिचय नखुलेका अर्का पुरूषलाई लम्कीचुहा नगरपालिका–३ को रानीजमराकुलरिया सिचाइँ आयोजनाको नहरमा अचेत अवस्थामा फेला परेका हुन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप