काठमाडौं– भैरहवा विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाज धावनमार्गमा चिप्लिएको छ ।
गएराति काठमाडौंबाट यात्रु लिएर भैरहवा गएको बुद्ध एयरको नाइनएन एओसी कलसाइनको जहाज विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएरर अघिल्लो भाग घाँसे मैदानमा पुगेको हो ।
बुद्ध एअरका सञ्चार प्रबन्धक दिपेन्द्र कर्णका अनुसार भारी वर्षाका कारण स्किड (चिप्लिएर) जहाजको केही भाग घाँसे मैदानमा पुगेको थियो ।
जहाजमा रहेका ५६ जना यात्रु र चालक दलका सबै सदस्य सुरक्षित रहेको उनले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप