नदी किनारा र पानी जमेको सडकमा नजान काठमाडौं महानगरको आग्रह

  • २०८१ अषाढ २८, शुक्रबार (४ महिना अघि)
  • ११३ पटक पढिएको
नदी किनारा र पानी जमेको सडकमा नजान काठमाडौं महानगरको आग्रह

काठमाडौं– लगातारको वर्षाका कारण काठमाडौंका नदीहरुमा पानीको प्रवाह उच्च भएकोले सतर्कता अपनाउन काठमाडौं महानगरले आग्रह गरेको छ ।

Advertisement

केही ठाउँमा ठूलो पानी परिरहेकाले बस्ती डुबान, जमिन कटान, जनधनको क्षतिको जोखिम बढेको भन्दै मेयर बालेन्द्र शाहले जोखिम क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गरेका छन् ।

उनले नदी किनारा, खोला, खोल्सामा अत्यावश्यक कामबाहेक नजान, पानी जम्मा भएको सडकमा आफू पनि नजान र गाडी पनि नलैजान अनुरोध गरेका छन् । यस्तै कोरिडोर, सडक किनारा, सडक तथा गल्लीमा गाडी पार्किङ नगर्न र अनावश्यक सामान राखेर आवागमनमा अवरोध नगर्न सामाजिक सञ्जालमार्फत सबैलाई आग्रह गरेका हुन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट