मनसुनी प्रणाली आजदेखि केही कमजोर बन्दै

  • २०८१ अषाढ २९, शनिबार (४ महिना अघि)
  • ५७ पटक पढिएको
मनसुनी प्रणाली आजदेखि केही कमजोर बन्दै

काठमाडौं– गएको बुधवार रातिदेखि सक्रिय भएको मनसुनी प्रणाली आजदेखि केही कमजोर भएको छ । अहिले देशका केही ठाउँमा घाम लागेको छ, केही ठाउँमा सामान्य बदली मात्रै भइरहेको छ । कतै–कतै भने हल्का पानी परिरहेको छ ।

Advertisement

मनसुन न्यून चापीय रेखा सरदर स्थानमा पुगे पनि उत्तर प्रदेशमा विकसित न्यून चापीय रेखाका कारण कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिम नेपालमा केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि केही दिनको लागि देशभरी भने मनसुनी वायुको ठूलो जोखिम नरहेको जलवायु विज्ञ धर्मराज उप्रेतीले जानकारी दिए ।

अब ठूलो वर्षा गराउने प्रणाली भारततिर सरेको उनको भनाइ छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट