प्रहरी जवान पदको लिखित परीक्षा दिँदै गरेका ६ जना नक्कली परीक्षार्थी पक्राउ

  • २०८१ अषाढ ३०, आईतबार (४ महिना अघि)
  • १०२ पटक पढिएको
प्रहरी जवान पदको लिखित परीक्षा दिँदै गरेका ६ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं– प्रहरी जवान पदको लिखित परीक्षा दिँदै गरेका ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिबार विभिन्न ठाउँमा भएको परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

Advertisement

पक्राउ पर्नेमा रित शाहीको नाममा परीक्षा दिँदै गरेका कालिकोटका अभिषेक शाही, हिक्मतबहादुर थापाको नाममा परीक्षा दिँदै गरेका कञ्चनपुरका ईशाक तामाङ, शर्मिला शाहीको नाममा परीक्षा दिने दोलखाकी तृप्ती सुन्दास पक्राउ परेका छन् ।

यस्तै पारस बुढाको नाममा परीक्षा दिने रोशन खत्री, सविन महराको नाममा परीक्षा दिने दार्चुलाका रविन्द्र महरा र प्रदीप बस्यालको नाममा परीक्षा दिने बैतडीका दिनेश चन्द पनि पक्राउ परेका प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । दुई जनालाई प्रहरी वृत्त गौशाला, तीन जनालाई वृत्त बानेश्वर र एक जनालाई प्रहरी वृत्त सिंहदरबारको टोलीले पक्राउ गरेको हो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट