कञ्चनपर– कञ्चनपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्लाको कृष्णपुर नगरपालिका– ७ का ५२ वर्षीय मोहन खडकाको शान्तिपुरतर्फ आउदै गरेको ना ५ ख ३४९१ नम्बरको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस चालक सोही ठाउँका २८ वर्षीय सुरेन्द्र बोहरालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप