काठमाडौं– सुनसरीको वराहक्षेत्र नगरपालिका–३ विस्थापित टोलमा ६ वर्षीय एक बालकको हत्या भएको छ ।
मङ्गलबार दिउँसो आफन्त पर्नेले पिर्काले टाउकोमा हिर्काएर गम्भीर चोट लागेको बालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मङ्गलवार दिउँसो बालकलाई टाउकोमा हिर्काएर फरार रहेका एक जना पुरुषलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले घटना स्थल नजिकै रहेको बाङ्गेबजारबाट पक्राउ गरेको छ ।
नाता पर्ने ४५ वर्षीय वीरबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप