काठमाडौं– ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक जना पक्राउ परेका छन् ।
महालक्ष्मी नगरपालिका–४ ईमाडोल ट्याम्पोपार्क बस्ने खोटाङ केपीलासगढी गाउँपालिका–५ घर भएका २६ वर्षीय नर बहादुर खत्रीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
नर बहादुरले ती बालिकालाई ललाई फकाई सोही महानगरपालिका–२८ हरिसिद्धि चाईनिज टायल कारखानाको कम्पाउण्डको खाली जग्गामा लगेर जबरजस्ती करणी गरेको सूचनाका आधारमा प्रहरी प्रभाग हरिसिद्धिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप