काठमाडौं– सेयर बजार लगातार तेस्रो दिन पनि उच्च अङ्कले बढेको छ । गएको सोमवार घटेको सेयर बजार त्यसयता बढ्दै आएको छ । आज सेयर बजार परिसूचक नेप्से ५९ दशमलव ६८ अङ्कले बढेर दुई हजार चार सय २४ दशमलव ३२ विन्दुमा पुगेको छ ।
आज फाइनान्स र जलविद्युत् बाहेक सबै समूहको सेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स, उत्पादन, बैंकिङ समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज नेपाल इनभेस्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखु खोला जलविद्युत् कम्पनी, उपकार लघुवित्त र थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन कुमारी सबल योजनाको सेयर भने साढे पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज कारोबार रकम पनि उल्लेख्य बढेको छ । आज तीन सय १२ वटा कम्पनीका ३ करोड ९९ लाख कित्ता सेयर १५ अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप