बङ्गलादेशबाट ८ सय विद्यार्थी स्वदेश फर्किए, समस्यामा परेकाले अनलाइन निवदेन दिन सकिने

  • २०८१ श्रावण ६, आईतबार (२ महिना अघि)
  • १०१ पटक पढिएको
बङ्गलादेशबाट ८ सय विद्यार्थी स्वदेश फर्किए, समस्यामा परेकाले अनलाइन निवदेन दिन सकिने

काठमाडौं– बङ्गलादेशमा विद्यार्थीको आन्दोलन हिंसात्मक बन्दै गएपछि त्यहाँ रहेका झन्डै ८ सय जना नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् ।

Advertisement

झन्डै आठ सय जना विद्यार्थी स्थल र हवाई मार्ग हुँदै नेपाल फर्कनको लागि बङ्गलादेश छाडिसकेका परराष्ट्र मन्त्रालयका शाखा अधिकृत महेश्वरमणि त्रिपाठीले जानकारी दिए । बङ्गलादेशका विभिन्न ठाउँबाट ढाका विमानस्थल वा सम्बन्धित सीमा नाकामा सुरक्षित यात्राका लागि समन्वय गरिरहेको बङ्गलादेशमा रहेको नेपाली दूतावासले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले सूचना निकालेर बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीको सम्बन्धमा अनलाइन निवेदन दिन अभिभावकसँग अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि ’हेल्प डेस्क’ स्थापना गरेको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गलादेशमा अध्ययनरत १७ जना विद्यार्थीलाई आज काठमाडौं ल्याइने बताएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट