काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वास मत नदिने निर्णय गरेको हो ।
शुक्रबार बसेको माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), रास्वपाको संयुक्त बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका थिए ।
आज प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले विश्वास मत लिने कार्यसूची छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप