काठमाडौं– नेपाली कांग्रेसले बागमती प्रदेशको मुख्यमन्त्रीमा नुवाकोटका सांसद बहादुरसिंह लामालाई अघि सार्ने निर्णय गरेको छ ।
आज बिहान मकवानपुरको हेटौंडामा बसेको नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि संसदीय दलका नेतासमेत रहेका बहादुरसिंह लामालाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको हो ।
एमाले र कांग्रेसको सहमतिअनुसार बागमतीको मुख्यमन्त्री नेपाली कांग्रेसले पाउनेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप