काठमाडौं– अमेरिकी डलरसहित प्रहरीले मंगलबार एकजनालाई पक्राउ गरेको छ ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी नाकामा सशस्त्र प्रहरी बल बिओपि टिमुरेबाट सप्रनिको कमाण्डमा खटिएको नेपाल प्रहरी र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले चीनतर्फ जाँदै गरेका नुर्पु तामाङलाई चेकजाँच गर्ने क्रममा २०,००० अमेरिकी डलरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङलाई ईप्रका टिमुरे लगिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप