काठमाडौं– नाबालिकाको चरित्रहत्या गर्ने युवकलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ । ब्युरोको टोलीले रौतहटको देवाही गोनाही नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–२८ बस्ने २० वर्षीय मो. जे एच अजवानलाई पक्राउ गरेको हो ।
उनले पीडित नाबालिकालाई सामाजिक सञ्जाल फेसबुकमा साथी बनाई अश्लील फोटो तथा भिडियो पठाएको र त्यस्तै क्रियाकलाप गर्न दबाब दिएको ब्युरोले जनाएको छ । ती युवकले त्यस्ता क्रियाकलाप रेकर्ड गरी सामाजिक सञ्जालबाट सार्वजनिक गरिदिन्छु भनी मानसिक दुःख हैरानी दिएका थिए ।
युवकमाथि अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप