पहिरोका कारण देवीघाट–गल्छी सडकखण्ड अवरुद्ध

  • २०८१ श्रावण ९, बुधबार (३ महिना अघि)
  • १३५ पटक पढिएको
पहिरोका कारण देवीघाट–गल्छी सडकखण्ड अवरुद्ध

|file photo

काठमाडौं– पहिरोका कारण गल्छी–रसुवागढी सडक योजनाअन्तर्गत धादिङको गल्छी–नुवाकोटको देवीघाट खण्ड अवरुद्ध भएको छ ।

Advertisement

लगातारको वर्षाका कारण विभिन्न ठाउँमा पहिरोले आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

दुई ठाउँमा पहिरो झरेको छ भने दुई ठाउँमा सडक भासिएको छ । बन्द सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट