काठमाडौं– सौर्य एयरलाइन्सको जहाज मर्मतका लागि भनेर काठमाडौंबाट पोखराका लागि उडेको खुलेको छ । एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जहाज मर्मतका लागि पोखरा पठाइएको बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै दुर्घटना भएको जहाजमा १९ यात्रु सवार रहेको जानकारी प्राप्त भएको छ । दुर्घटनामा चालक मनिष शाक्यलाई घाइते अवस्थामा उद्धार गरेर काठमाडौं मेडिकल कलेज पठाइएको छ ।
यस्तै अन्य यात्रुहरुको उद्धार कार्य जारी रहेका छन् । हालसम्म १३ जनाको शव दुर्घटनास्थलबाट निकालिएको छ ।
सौर्य एअरलाइन्सको ९एन एएमई जहाज दुर्घटनापछि गृहमन्त्री रमेश लेखक घटनास्थल पुगेका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप