काठमाडौंका यी ठाउँमा आज ६ घन्टा विद्युत अवरूद्ध हुने

  • २०८१ श्रावण ११, शुक्रबार (२ महिना अघि)
  • ९१ पटक पढिएको
काठमाडौंका यी ठाउँमा आज ६ घन्टा विद्युत अवरूद्ध हुने

काठमाडौं– काठमाडौंको मातातीर्थ क्षेत्रमा आज ६ घन्टा विद्युत अवरूद्ध हुने भएको छ ।

Advertisement

नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु सहायक वितरण केन्द्रको मातातीर्थ फिडर अन्तर्गतका क्षेत्रहरूमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत अवरूद्ध हुनेछ ।

ती क्षेत्रहरूमा हाइटेन्सन पोल मर्मत गर्नका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

जसमा महादेवस्थान, इटाखेल, घुमाउने, गोदाम, मंगलदोय, नागढुंगा, चिसापानी, बसुन्डोल, इन्द्रथान, झांगाझिटी, कुखुरेचौर, महेशपथ लगायतका क्षेत्रहरूमा बिजुली काटिनेछ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट