कन्टेनर र ट्रक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु

  • २०८१ श्रावण ११, शुक्रबार (२ महिना अघि)
  • ७३ पटक पढिएको
कन्टेनर र ट्रक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु

काठमाडौं– नारायणगढ–मुग्लिङ सडकको भतेरीमा कन्टेनर र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भारतको उत्तर प्रदेशका २४ वर्षीय मेहताव आलम र वीरगन्ज महानगरपालिका–२४ का ३३ वर्षीय प्रमोद पटेलको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकमध्ये आलम भारतीय ट्रकका चालक हुन् भने पटेल कन्टेनरका चालक हुन् ।

भारतीय ट्रकका सहचालक गोरखपुरका २२ वर्षीय सावन अहमद गम्भीर घाइते भएका छन् । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट