खुकुरी देखाएर लुटपाट गरेको आरोपमा काठमाडौंमा एक जना पक्राउ

  • २०८१ श्रावण १३, आईतबार (४ महिना अघि)
  • ११६ पटक पढिएको
खुकुरी देखाएर लुटपाट गरेको आरोपमा काठमाडौंमा एक जना पक्राउ

काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका–७ स्थित विन्दवासिनी मन्दिर नजिक ४ महिला र एक जना पुरुष लुटिएका छन् ।

Advertisement

लुटमा संलग्न आरोपमा मकवानपुर घर भएका ५२ वर्षीय धनबहादुर स्याङतानलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर
काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

गाडीमा सवार उनीहरुलाई स्याङतानको समूहले खुकुरी देखाएर लुटेका हुन् । आरोपीको साथबाट प्रहरीले २ थान खुकुरी बरामद गरेको छ ।

प्रहरी नायव निरीक्षक यमबहादुर थापा नेतृत्वको टोलीले लुटमा संलग्न आरोपीलाई स्युचाटारबाट पक्राउ गरेका हुन् । आरोपीहरूले ७ तोला ६४ लाख सुन र १३ हजार नगद लुटेको एसपी अधिकारीले बताए ।

लुटपाटमा संलग्न अरू आरोपीहरू फरार छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट