नेपालबाट १६ अर्ब ९३ करोडको बिजुली निर्यात

  • २०८१ श्रावण १३, आईतबार (३ महिना अघि)
  • ११० पटक पढिएको
नेपालबाट १६ अर्ब ९३ करोडको बिजुली निर्यात

काठमाडौं– गएको आर्थिक वर्ष २०८०÷८१ मा नेपालबाट भारतमा १६ अर्ब ९३ करोड रुपैयाँको बिजुली निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले गएको आर्थिक वर्षको साउनदेखि असारसम्म एक अर्ब ९४ करोड २६ लाख युनिट बिजुली भारततर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको हो ।

Advertisement

प्राधिकरणले देशभित्र खपत गरी बाँकी भएको बिजुली भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डे–अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड–एनभीभीएनलाई बिक्री गरिरहेको छ । एनभीभीएनले बिजुली हरियाणा राज्यमा बिक्री गरिरहेको छ । निर्यात गरिएको बिजुलीको औसत दर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा छ ।

प्राधिकरणले गएको आर्थिक वर्षमा १६ अर्ब ८१ करोड तीन लाख रुपैयाँको बिजुली आयात गरेको छ । सुक्खायाममा खोला तथा नदीहरूमा पानीको बहाव घटेर देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरूबाट बिजुली उत्पादन घट्ने हुँदा माग धान्न गएको आर्थिक वर्षमा भारतबाट एक अर्ब ८३ करोड ३५ लाख युनिट बिजुली आयात गरिएको प्राधिकरणले जनाएको छ । हिउँदयाममा आयात गरिएको बिजुलीको औसत दर प्रतियुनिट नौ रुपैयाँ १७ पैसा छ । अघिल्लो आर्थिक वर्षमा आयातभन्दा १२ करोड २३ लाख रुपैयाँको धेरै बिजुली भारततर्फ निर्यात भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आउँदा केही वर्ष अझै हिउँदका केही महिनाको आन्तरिक माग व्यवस्थापन गर्न बिजुली आयात गर्नुपरे पनि अब निर्यातको परिमाण बढ्दै जाने बताए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट