निर्वाचन आयुक्तमा सिफारिस प्रधानबारे आज संसदीय समितिले निर्णय गर्दै

  • २०८१ श्रावण १४, सोमबार (३ महिना अघि)
  • १२२ पटक पढिएको
निर्वाचन आयुक्तमा सिफारिस प्रधानबारे आज संसदीय समितिले निर्णय गर्दै

काठमाडौं– निर्वाचन आयुक्तमा सिफारिस विवादास्पद कृष्णमान प्रधानबारे संसदीय सुनुवाई समितिले आज निर्णय गर्दैछ । प्रधानमाथि यौन शोषणको आरोप लागेको र यसबारेको मुद्दामा मिलापत्र गरेको प्रमाणसमेत भएकाले निर्वाचन आयोगको आयुक्त बनाउन योग्य नभएको सांसदहरुको राय छ ।

Advertisement

पाँच दिनअघि प्रधानको सुनुवाइ गरेको समितिले शीर्ष तहको परामर्श लिने भन्दै निर्णय गरेको थिएन । सुनुवाइ समितिका धेरै सदस्यहरू यौन शोषण मुद्दा पैसा दिएर मिलापत्र गरेका प्रधानको उच्च नैतिक चरित्र नभएको र प्रधानले दिएको जवाफ समेत चित्तबुझ्दो नभएकाले निर्वाचन आयुक्तमा सिफारिस गर्न नहुने पक्षमा छन् ।

यसबारे सदस्यहरूले आ–आफ्ना दलभित्र परामर्श गरेका छन् । पीडितसहित चारवटा उजुरी परेकोमा समितिले उजुरीकर्तासँग छलफल गर्दा घटना भएको तथ्य प्रमाण फेला पारेको थियो ।

गएको असार २ गते संवैधानिक परिषदको बैठकले प्रधानको नाम निर्वाचन आयुक्तका लागि सिफारिस गरेको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट