काठमाडौं– तनहुँमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको ब्यास नगरपालिका–१ हाउजिङ बस्ने ४० वर्षीय शिव अधिकारीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो ।
आफ्नै घरमा विद्युतीय मोटर चलाई पानी तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप