अखाद्य वस्तु बेच्ने होटललाई दुई लाख जरिवाना

  • २०८१ श्रावण १४, सोमबार (३ महिना अघि)
  • २४७ पटक पढिएको
अखाद्य वस्तु बेच्ने होटललाई दुई लाख जरिवाना

काठमाडौं- राजमार्गमा यात्रा गर्ने यात्रुलाई अखाद्य वस्तु विक्रि गर्ने धादिङको थाक्रे गाउँपालिका–८ चारकिलोमा संचालित न्यू रिया होटललाई दुई लाख जरिवाना गरेको छ । उपभोक्तालाई बासी, सढेगलेको, दूषित अखाद्य वस्तु खुवाएको भेटेपछि जिल्ला प्रशासन कार्यालयले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरेको हो ।
खाजा खान लाग्दा समोसा, तरकारी लगायतका खानेकुरा गनाएको विक्रि गरिरहेको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा आइतबार प्रहरी र अनुगमन टोली होटल पुगेको थियो । अघिल्लो दिनमा नै तयार गरिराखेको खानेकुराहरु सडिसकेको फेला पारेको र त्यहि खानेकुरा यात्रुलाई विक्रि गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेको कसुरमा दुई लाख जरिवाना गरिएको जिल्ला अनुगमन समितिका संयोजक एवम् सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताए ।

Advertisement

‘आइतबार बिहान एकजना उपभोक्ताले प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर रिया होटलले बासी, सढेगलेको खानेकुरा विक्रि गरिरहेको गुनासो गर्नुभयो । त्यस लगत्तै जिल्ला प्रहरी कार्यालय धादिङमार्फत प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी टोली होटलमा पुग्यो । फ्रिजमा राखेको खानेकुरा समेत गनाएको फेला परेपछि वडा अध्यक्षसहित जनप्रतिनिधिको रोहबरमा मुचुल्का गरी होटल संचालकलाई पक्राउ गरी ल्यायौं’, सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले भने–‘बिहान विक्रि गरिरहेको खानेकुरा अघिल्लो दिनमा नै बनाएर फ्रिजमा राखेको र तापक्रम नमिलेकोले गन्ध आएको स्वीकार समेत गरेकोले उपभोक्ता संरक्षण ऐन बमोजिम जरिवाना तोकिएको हो ।जरिवाना तथा सजाय चित्त नबुजेको खण्डमा पुनरावेदन जान पनि सक्नेछ ।’

पृथ्वी राजमार्गमा यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरी संचालन भइरहेको होटलमा धादिङ काठमाण्डौ लगायत थुप्रै जिल्ला चल्ने यात्रुबाहक सवारीले यात्रुहरुलाई खाजाखाना खुवाउदै आएको छ । समोसा, तरकारीलगायत खानेकुरा गुणस्तरहीन र बासी भेटिएपछि होटलका संचालक नुवाकोट शिवपुरी गाउँपालिका–८ का ३९ वर्षीय राजेश पाठकलाई पक्राउ गरेको थियो । एक साताभित्र तोकिएको जरिवाना दाखिला गर्ने समय तोकेर पठाइएको जिल्ला बजार अनुगमन समिति धादिङका सदस्य सचिव एवम् उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख मेघ गौतमले बताए । तोकिएको समयमा जरिवाना दाखिला नगरे कारोबार रोक्का गर्न सकिने उनको भनाई छ ।
जरिवानामा परेको रिया होटललाई २०८० असोज ६ गते जिल्ला अनुगमन टोलीले होटलको किचन र बााहिरी सरसफाईमा ध्यान दिन, कामदारलाई अनिवार्य मास्क प्रयोग गराउन निर्देशन दिएको थियो । विगतका समयमा गरिएको अनुगमनका क्रममा दिएको निर्देशन पनि पालना नगरेको गौतमले बताए ।
जिल्ला प्रशासन कार्यालय, उद्योग तथा वाणिज्य कार्यालयसहित नियमक निकायले पछिल्लो समय होटल तथा पसलहरुको अनुगमनमा कडाई गरेको छ । यसअघि पनि तोकिएको मूल्य भन्दा बढी लिने होटल तथा पसलेलाई कालोबजारी गरेको कसुरमा एक लाखसम्म जरिवाना गरेको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट