धादिङबेसीमा रहेको सुरक्षित आवासगृहलाई खाद्यान्न र सरसफाई सामाग्री सहयोग

  • २०८१ श्रावण १५, मंगलबार (३ महिना अघि)
  • २०० पटक पढिएको
धादिङबेसीमा रहेको सुरक्षित आवासगृहलाई खाद्यान्न र सरसफाई सामाग्री सहयोग

काठमाडौं– धादिङको सदरमुकाम धादिङबेसीमा रहेको सहयात्री समाजले संचालन गरेको सुरक्षित आवास गृहलाई खाद्यान्न र सरसफाईको सामाग्री सहयोग उपलब्ध गराएको छ ।

Advertisement

निजामति सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामति कर्मचारी संगठन धादिङका अध्यक्ष बिरबहादुर दु्वाडीको अध्यक्षतामा खाद्यान्न र सरसफाईको सामाग्री वितरण गरिएको हो ।

 

ज्यानको पर्वाह नगरि राज्य व्यवस्था परिवर्तनमा योगदान गर्ने खोटाङका मनोज जोशी, कास्कीका झपेन्द्र, कार्की, मुगुका सुरेन्द्र बिक लगायतको योगदानको सम्झनामा सुरक्षित आवास गृहमा रहेका हिंसा प्रभावितहरुका लागि दैनिक उपभोग्य सामाग्री चामल, दाल, तेल तथा सरसफाई सामाग्री वितरण गरिएको थियो ।

परिवारबाट बलात्कारमा परेर घर, परिवार र समाजबाट बहिस्करणमा परेका, घरेलु हिंसामा परेकाहरुसहित हाल सुरक्षित आवासगृहमा ५ जना हिंसा पीडितहरु रहेका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट