काठमाडौं– कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ जुमिला बस्ने ३५ वर्षीय रामधनी यादवको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ ।
आफ्नै घरमा पङ्खा बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप