काठमाडौं–काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा गएराति ठूलो पानी परेको छ ।
पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै चितवनको शक्तिखोरमा १३५ मिलिमिटर, सिन्धुपाल्चोकको मानेखर्कमा १२५ मिलिमिटर, चितवनको नारायणी फिल्ड कार्यालयमा ११५ मिलिमिटर, बाराको रजुवा र सिन्धुलीको हरिहरपुरगढीमा ११३ मिलिमिटर, सर्लाहीको परवानीपुरमा १०६ मिलिमिटर तथा महोत्तरीको कालापानी, काठमाडौंको धापड्याम र सिन्धुलीको रानीचौरीमा १०४ मिलिमिटर पानी परेको छ ।
लगातार ठूलो पानी परेको ठाउँमा बाढी आएको छ । चितवन र नवलपरासी पूर्वको नारायणी, बाराको लालबकैया, महोत्तरीको रातो र सिन्धुपाल्चोकको कोशी नदीमा बाढीले सतर्कता तह पार गरेको छ । काठमाडौंको बागमती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोवीखोला, विष्णुमती, नख्खु, बल्खुखोला लगायत नदी खोलामा पनि पानीको सतह खतराको तह आसपास रहेको छ ।
नदी आसपासका कतिपय बस्तीमा बाढी पसेको छ । डुबान हुने ठाउँहरुमा बस्नेलाई बिहान १० बजेसम्म सुरक्षित ठाउँमा जान बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप