काठमाडौं– अविरल वर्षाका कारण ललितपुरको ७ ठाउँ डुबानमा परेको छ । डुबानमा परेका २४ जनालाई प्रहरीले उद्धार गरेको छ ।
युएन पार्कबाट दुई जना, सुन्दरी घाटबाट ८ जना, बालकुमारी पुलबाट १ जना र महालक्ष्मी नगरपालिका–७ स्थित चागाँथलीबाट ७ जनाको उद्धार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । सानेपा राम मन्दिरबाट ६ जना मानिस र ८ वटा बाख्रा उद्धार गरिएको छ ।
ललितपुरबाट ३ बालक, ८ महिला र १३ जना पुरुष समेत गरेर २४ जनाको उद्धार गरिएको एसपी सुवेदीले जानकारी दिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप