काठमाडौं– यसवर्ष मनसुन अनुकूल रहँदा अघिल्लो वर्षको तुलनामा धान रोपाइँ बढेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयकाअनुसार अहिलेसम्म मुलुकभर ९२ दशमलव ४ प्रतिशत रोपाइँ सकिएको छ । जबकि गएको वर्ष यही अवधिसम्म जम्मा ७८ दशमलव १ प्रतिशत रोपाइँ भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
मन्त्रालयकाअनुसार यस वर्ष १२ लाख ९२ हजार दुई सय २१ दशमलव ६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । देशभर धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ९८ हजार दुई सय ७३ हेक्टर रहेको छ ।
तथ्याङ्कअनुसार सबैभन्दा बढी रोपाइँ सुदूरपश्चिममा र कम रोपाइँ मधेस प्रदेशमा भएको छ । पूर्वक्षेत्रमा ढिलोगरी धान राप्ने भएकाले पनि रोपाइँ कम भएको देखिन्छ ।
सबै प्रदेशमा नै अघिल्लो वर्षको तुलनामा यो वर्ष बढी रोपाइँ भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप