कक्षा १२ को नतिजा सार्वजनिकः ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

  • २०८१ श्रावण १८, शुक्रबार (३ महिना अघि)
  • १५७ पटक पढिएको
कक्षा १२ को नतिजा सार्वजनिकः ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी ग्रेडिड अर्थात् उत्तीर्ण भएका छन् ।

Advertisement

यस्तै नन ग्रेड अर्थात् अनुत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या ४७ दशमलव ०९ प्रतिशत रहेको छ । यस वर्ष कक्षा १२ को परीक्षामा नियमिततर्फ सहभागी तीन लाख ९० हजार आठ सय ६८ विद्यार्थीमध्ये दुई लाख तीन हजार आठ सय ४७ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।

यसैगरी ग्रेड वृद्धितर्फ २०७८÷७९ का २८ दशमलव २६ प्रतिशत र २०७६÷०७७ का ६२ दशमलव ०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गएको वैशाख १४ गतेदेखि शुरु भएको परीक्षामा जम्मा चार लाख ९१ हजार चार सय ९७ जना विद्यार्थी सहभागी थिए । अघिल्लो वर्षको परीक्षामा २०७९ सालमा ५१ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट