काठमाडौं– पार्टी पदाधिकारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने बन्द कार्यशाला केन्द्रीय कार्यालयमा सुरु भएको छ ।
कार्यशालामा विचार, सङ्गठन, राजनीतिक मूल्य–मान्यता, संसदीय मामिला, ’लिडरसीप एकेडेमी’ ‘क्यान्डिडेट क्लब’ तथा पार्टी अभियानबारे गहन छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
यही साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेकाको क्षमता अभिवृद्धि गर्न सघन प्रशिक्षण आउँने अभियानका लागि दुईदिने बन्द कार्यशाला सञ्चालन गर्ने निर्णय गरेको थियो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप