टर्कीमा इन्स्टाग्राममाथि प्रतिबन्ध

  • २०८१ श्रावण १८, शुक्रबार (३ महिना अघि)
  • १४६ पटक पढिएको
टर्कीमा इन्स्टाग्राममाथि प्रतिबन्ध

एजेन्सी– टर्कीले सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । टर्कीको दूरसञ्चार प्राधिकरणले इन्स्टाग्रामाथि रोक लगाएको रोयटर्सले जनाएको छ ।

Advertisement

प्रतिबन्धको कारण र कहिलेसम्मलाई भन्नेबारेमा खुलाइएको छैन । टर्कीका राष्ट्रपतिका सञ्चार प्रमुख फहरेत्तिन अल्तुनको पोस्टमाथि अमेरिकी कम्पनी मेटाद्वारा सञ्चालित इन्स्टाग्रामले सेन्सरसिप गरेपछि प्रतिबन्ध लगाएको हुन सक्ने रोयटर्सको खबरमा उल्लेख छ ।

अल्तुनले हमासका राजनीतिक ब्युरो प्रमुख इस्माइल हानियाप्रति श्रद्धाञ्जली दिइएका पोस्टहरू इन्स्टाग्रामले रोकेको बताएका थिए । टर्कीका राष्ट्रपति रेचेप तय्यप एर्दोआनसँग हानियाको निकट सम्बन्ध रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमहरुले जनाएका छन् । टर्कीमा ५ करोडभन्दा बढी इन्स्टाग्राम प्रयोगकर्ता रहेका बताइएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट