काठमाडौं– काठमाडौंको सिनामंगलमा रहेको झरना गेष्ट हाउसमा महिला र पुरुष मृत भेटिएका छन् ।
काठमाडौं महानगरपालिका–९ स्थित शम्भुमार्गमा रहेको झरना गेष्ट हाउसमा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।
बाजुराको त्रिवेणी नगरपालिका–४ घर भएका २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षीया करिष्मा सार्की मृत फेला परेका हुन् ।
साउन १५ मा उनीहरू सो गेस्ट हाउसमा गएका थिए । शुक्रवार मध्यान्ह खान खानेबारे बुझ्न गेस्ट हाउसका स्टाफ जाँदा ढोका नखुलेपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका हुन् ।
करिष्माको घाँटीमा चोट देखिएको छ । भरत पङ्खामा डोरीले पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका छन् । भरतले हत्यापछि आत्महत्या गरेको आशङ्का गरिएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप